पत्रकार ऋषि धमलाकी पत्नी एलिजाको हट रुप देखिएको गीत ‘बजाइदेउन…’सार्वजनिक (भिडियोसहित)

पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम अभिनित चलचित्र अनुरागको गीत सार्वजनिक भएको छ ।

कान्छा दाई गाना बजाइदेउन… बोलको डान्सिङ गितमा एलिजा र सरोज अधिकारी छन३ । तराप्रकाश लिम्बुको संगीत रहेको गीतमा ममता गुरुङको शव्द, ताराप्रकाश र ममताको स्वर र विक्रम स्वारको कोरियोग्राफि रहेको छ ।

गीत सार्वजनिकसँगै ‘अनुराग’को रिलिज मिति पनि तय गरिएको छ । सत्यराज चौलागाई निर्देशित सिनेमा जेठ ११ गते सार्वजनिक प्रदर्शन हुनेछ ।

सिनेमामा एलिजाका अलावा समुन्द्र पण्डित, ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहोन निरौला, विश्व बस्नेत लगायतका कलाकारको अभिनय छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार