के नेपाल बन्ला ज्ञानभूमि, शान्तिभूमि ?

  ई. कुमार भट्टराई

काठमाडौं, २८ जेठ — राष्ट्रियता गान सुन्दा नेपाल साचिकै ज्ञान भुमि तपो भुमि शान्ति क्षेत्र बन्ने छ भन्ने विश्वास हरेक बालबालिकाको मस्तिष्कमा गढेको छ । सनातन हिन्दु धर्ममा पुं नामको नरक तारने भएकाले हुनाले पुत्र वा पुत्री भनिएको हो । सनातन धर्ममा गृहस्थाश्रम धर्म पुर्वक रहनु, धर्म अनुसार यौन सम्बन्ध राख्नु र पुत्र वा पुत्री पाउनुलाई उच्च महत्व दिएको पाइन्छ ।

श्रीमतीलाई अर्धाङ्गीनी अर्थात कुनै पनि कार्यमा बराबर समावेश गर्नु पर्ने उल्लेख गरिएको छ । श्रीमती र श्रीमानसंगै बसेर गरेको धर्म कर्मको मात्र पुर्णता हुनेछ अन्यथा त्यो कार्य सिद्धि हुने छैन भनेर स्पष्ट उल्लेख गरिएको छ ।

विवाहलाई नैतिक, सामाजिक प्रतिष्ठासंग गासेर र्हेने पुरुष र स्त्रीको कहिले पनि मृत्यु पुर्व छुट नहुने निश्चित गरिएको छ । तर आज विकासका नाममा विनाश उन्मुख समाजमा ब्याई फ्रेण्ड, गर्ल फ्रेन्ड, सेक्स जस्ता विकृतिहरु जन्मिरहेका छन् । पहिले नेपाललाई धर्म निरपेक्षतामा लगियो भने हालसालै नयाँ शिक्षाका नाममा सस्कृत भाषा समेत मेटियो भने अब आमा बन्न (बच्चा पाउन) का लागि विवाह गरिरहनु नपर्ने कानुन तयार गर्ने जमर्कोमा सरकार लागेको सन्दर्भमा नेपाल जस्तो सनातन धर्मावलम्मीको बाहुलता भएको मुलुकमा नेपाली नेताहरु कसको स्वार्थ अनुरुप यो सोचमा उन्मुख भएका हुन त्यो चिरफार गर्न आवश्यक भै सकेको छ ।

पश्चिमेली सभ्यता भने कसको गुण मात्र डि एन एको परिक्षणमा पुत्र वा पुत्री हो भनेर भेटिन्छ भने भन्दा त्यो बाबु मात्र मात्र हो र त्यहि सत्य हो भनेर सत्यको खोजी गरीरहेको छन । हामी नेपाली चाही पशुपंछी जस्तै बाबु विनाको समाज परिकल्पना गरी रहेका त छैनौ ।
कुमारी अवस्थामा सुर्यबाट जन्माएको छोरा कर्णका कारण कुन्तीले वेहोरेको कर्ण र मारिनुको  कथा सम्म हामीले सुनेकै छौ ।
आखिर हिमवत खण्डको संस्कारबाट सिकेर कडा कानुन बनाई आफ्नो देश विकास गरेको पश्चिममा देश, अन्तत ज्ञान भुमि तपो भुमि भनेर नेपाल स्थापित हुने र मानव विकास क्रममा नेपालको महत्व रहने कुरालाई मेटाउन चौतर्फि रुपमा लागेको त होइनन हाम्रा नेता गणले महशुस गर्न ढिला नगरुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार