मलेसिया जानेका लागि दशैँ लगत्तै काइदाकाे सम्झौता हुँदै

काठमाडौं २८ असोज – सरकारले मलेसियामा सरकारी प्रणालीमार्फत कामदार पठाउन दशैँ लगत्तै समझदारी गर्ने भएको छ । मलेसियामा नेपाली श्रमिक आपूर्तिका लागि गर्न लागिएको समझदारी पत्र (एमओयू)मा आउने १२ कार्तिकमा दुबै देशका सरकारी अधिकारीले हस्ताक्षर गर्ने छन् । यो समझदारीपछि नेपाली कामदार सरकारकै माध्यमबाट मलेसिया जानेछन् ।

एमओयूमा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधन मन्त्री कुलासेगरन नेपाल आउने भएका छन् । सम्झौताको मस्यौदाबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छलफल र अध्ययन गरिसकेको छ । अध्ययनपछि संशोधन गरेर दोस्रो पटक मलेसियाको मानव संशाधन मन्त्रालयमा पठाइसकिएको पनि श्रम मन्त्रालयले जनाएको छ ।

मलेसियामा कामदार आपूर्ति गर्ने तथा पक्रियामा सहभागि संस्थाहरुले चरम ठगि गरेको भन्दै सरकारले कामदार पठाउन बन्द गरेको थियो । नेपालबाट कामदार पठाउन बन्द भएपछि सरकारीस्तरबाटै जीटुजी श्रम सम्झौता गरी कामदार लिने इच्छा राख्दै गएको महिना मलेसियाले एमओयूको मस्यौदासहित प्रस्ताव पठाएको थियो ।

मस्यौदाको ड्राफ्टसहित नेपालले पहिलो पटक भदौ पहिलो साता जवाफ पठायो । मस्यौदामा छुटेका र कामदारका हकमा पर्न नसकेका विषयवस्तुलाई समेट्दै फेरि दोस्रो पटक ड्राफ्ट मलेसिया पठाइएको हो । कामदारलाई चरम गठि गरेपछि भीएलएन लगायत विभिन्न पाँच संस्थालाई श्रम मन्त्रालयले गएको जेठमा खारेज गर्दै कारबाहीको दायरमा ल्याएको थियो । त्यसलगत्तै नयाँ श्रम स्वीकृति लिएर मलेसिया जाने प्रक्रिया बन्द गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार