गितकार भट्टराईका शिव लिला तथा अग्रता काली भजनसंग्रह लाेकार्पण

हिन्दु धर्मबारे जनमत संग्रह गर्नुपर्छ - कोइराला

काठमाडौं, ७ मंसिर  – गितकार र्इ. कुमार भट्टराईको एकल सिर्जना र संगीतकार विजु बज्रको एकल संगित रहेका दुई भजन संग्रह शिव लिला, अग्रता काली एकै साथ शुक्रवार एक कार्यक्रमका विच लाेकार्पण गरिएको छ । गीतकार कुमार भट्टराईद्धारा लिपिबद्ध २ वटा भजन संग्रह  नेपाली काँग्रेसका महामन्त्री डा. शसाङ्क कोइरालाले शुक्रबार भव्य समारोहकाबीच एकैसाथ बीमोचन गरे ।

कार्यक्रममा राजनीतिक व्यक्तित्व, विभिन्न धार्मिक गुरुहरु, संचारकर्मीहरु, हिन्दु धर्मावलम्बीसँग सम्बन्धित बौद्धिक व्यक्तित्व एवं हिन्दु राज्यको आबश्यकता बोध गरिएका व्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै डा. शसाङ्क कोइरालाले  हिन्दु धर्मबारे जनमत संग्रह गर्नुपर्ने अडान दोहोर्‍याएका छन् । यद्यपि अहिले नै नभई राजनीतिक स्थिरता कायम भएपछि जनमत संग्रह गर्नुपर्ने उनले बताए ।

शुक्रबार काठमाडौंमा आयोजित ‘शिव लीला’ भजन संग्रह उद्घाटन कार्यक्रममा महामन्त्री कोइरालाले भने, ‘ आउँदो दिनमा राजनीतिक स्थिरता भएपछि धर्मनिरपेक्षता राख्ने कि हिन्दु धर्म भनेर जनमत संग्रह हुनुपर्छ ।’ उनले साहित्यकार कुमार भट्टराईको लेखनीको प्रशंसा पनि गरे ।

कार्यक्रममा विश्व हिन्दु माहासंघका दामोदर प्रसाद गौतम, पुर्वमन्त्री एसवी कोइराला, प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचन लगायतको उपस्थित थियो ।

बीमोचित एल्वममा निकै मर्मस्पशी भजनहरु संग्रह गरिएका छन । बिमोचित दुई कृति पछि गीतकार भट्टराईका एल्वमहरु ३ वटा पुगेका छन् । यसअघि उनले २०७१ मा अग्रता नामक एल्वम बजारमा ल्याएका थिए । नयाँ बिमोचित यी दुई एल्वम ‘शिव लिला’ र ‘अग्रता काली’ एल्वम हिन्दु धर्मसँग सम्बन्धित नेपाली भजनहरु हुन् ।

भट्टराईको ‘शिव लिला’ एल्वममा मनोजराज शिवाकोटी, प्रताप दास, कर्मा ग्याल्छेन बम्जन, शान्तिश्री परियार र मनिषा पोख्रेलको स्वर रहेको छ भने ‘अग्रता काली’ एल्वममा मनोजराज शिवाकोटी, इश्वर अमात्य, तुलसी पराजुली, प्रतापदास र विदुर वस्तीको स्वर रहेको छ । दुवै एल्वममा ६÷६ वटा गीत समावेश छन् । सबै गीतमा बिजु बज्रको संगीत रहेको छ ।

वाल्यकालदेखिनै लेखन कार्यमा सक्रिय भट्टराईले रेडियो नेपालबाट वाल कविता प्रतियोगीमा धेरै पुरस्कारहरु प्राप्त गरेका थिए । २०५१ सालमा पहिलो गीत कविता संग्रह ‘मेरो जीवन ’ प्रकाशन गरेका उनको २०६० सालमा ‘स्वमुत्र चिकित्सा पद्धति’ नामक अर्को पुस्तक प्रकाशित छ । धार्मिक क्षेत्रका अध्ययेताका रुपमा समेत परिचित उनले धर्मशास्त्रलाई विज्ञान शास्त्र भन्दा बलियो शास्त्रका रुपमा लिन्छन् । संचार क्षेत्रमा परिचित भट्टराई कुशल लेखक एवं राम्रा गीतकारका रुपमा उत्तिकै परिचित रहँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार