देश र परिवार त्यागेर भागेकी साउदी युवतीलाई क्यानडालेदियो शरण

काठमाडौं, २८ पुस – आफ्नो देश र परिवार त्यागेर रहफ मोहम्मद अल-कुनुन  (साउदी युवती)लाई क्यानडाले शरण प्रदान गरेको छ । उनी परिवारसँग कुवेत भ्रमणमा थिइन्। उनले अचानक ब्याङ्ककको उडानबाट भाग्ने निर्णय गरिन् ।

जब  उनको खास उद्देश्यचाहिँ ब्याङ्ककबाट अस्ट्रेलियाको उडान समात्ने थियो । उनीसँग अस्ट्रेलियाको भीसा पनि थियो । तर ब्याङ्ककको सुवर्णभूमि विमानस्थलमा उनको पासपोर्ट एक साउदी कूटनीतिज्ञले खोसिदिए । उनी अलपत्र परिन् तर उनले त्यसपछि त्यहाँ जे गरिन् त्यसले विश्वभर खैलाबैला भयो।

साउदी अरेबियाको पुरुष अभिभावकीय प्रणाली अन्तर्गत कुनै पनि साउदी महिलालाई पासपोर्टका निम्ति आवेदन दिन वा विदेश भ्रमण गर्न वा सरकारी छात्रवृत्तिमा विदेश पढ्न जान वा विवाह गर्न वा कारागारबाट निस्कन वा पीडितका कुनै आश्रयस्थलबाट बाहिर निस्कन समेत पुरुष नातेदारको स्वीकृति चाहिन्छ।

इस्लाम त्यागेका कारण आफूलाई आफन्तहरूले नै मारिदिने डर भएको रहफले बताएकी थिइन् । भागेर ब्याङ्कक विमानस्थलमा पुगेपछि सामाजिक सञ्जालद्वारा आफ्नो अवस्था प्रकट गरेकी रहफका निम्ति विश्वभरबाट सहानुभूति व्यक्त भएका थिए। रहफको तर्फबाट संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायले पेश गरेको शरणार्थीको आवेदन स्वीकार्दा आफ्नो सरकारलाई खुशी लागेको क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बताएका छन्।

उनले के गरेकी थिइन् ?

रहफले ब्याङ्कक विमानस्थलमा होटेलभित्र आफूलाई बन्द गरि लगातार ट्विटरमार्फत आफ्नो अवस्था विश्वलाई अवगत गराएकी थिइन्।त्यसले अन्तर्राष्ट्रिय ध्यान आकृष्ट गरायो। साउदी अरेबियामा इस्लाम त्याग्नु भनेको मृत्युदण्ड समेत दिइनसक्ने अपराध मानिन्छ। उनको स्थिति र त्यसले खिचेको ध्यानका माझ राष्ट्रसंघीय निकायले उनलाई एक वैध शरणार्थीको मान्यता दिएको थियो।

उक्त निकायले क्यानडाको निर्णयको स्वागत गरेको छ। क्यानडा तथा साउदी अरेबियाबीचको सम्बन्ध गत अगस्टमा नाटकीय ढङ्गबाट बिग्रिएको थियो जब क्यानडाले साउदी जेलमा राखिएका महिला अधिकारवादीहरूलाई रिहा गरिदिन माग गर्‍यो। इस्लाम त्याग्नु साउदी अरेबियामा मृत्युदण्ड समेत हुन सक्ने जघन्य अपराध मानिन्छ।

कुनुनले बीबीसीलाई भनेकी थिइन्, मैले मेरो कथा र तस्बिर सामाजिक सञ्जालमा बाँडे र यसबाट मेरो बुवा मसँग निकै रिसाउनुभएको छ ‘ म मेरो देशमा पढ्न वा काम गर्न सक्दिन। त्यसैले म स्वतन्त्र हुन अनि आफूलाई मनलागेको पढ्न र काम गर्न चाहन्छु।ू

उनले एएफपीलाई उनले परिवारबाट शारीरिक तथा मानसिक दुर्व्यवहार भोगेको बताएकी थिइन्। कपाल काटेको निहुँमा आफूलाई ६ महिनासम्म कोठामा थुनिएको उनले बताइन् । उनको परिवारका एक प्रवक्ताले चाहिँ बीबीसीसँग कुरा गर्दै यी विषयमा उनीहरूले कुनै टिप्पणी गर्न नचाहेको र केवल रहफको सुरक्षालाई लिएर चिन्तित भएको बताए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार