प्रदेश दुईका अर्थमन्त्री र उद्योग सचिवबीच कुटाकुट, सचिवको मुख फुट्यो

जनकपुर, २९ पुष – गरिबी निवारणको कोषको रकम सञ्चालनको विषयलाई लिएर प्रदेश दुई सरकारका अर्थमन्त्री र उद्योग , पर्यटन तथा वातावरण मन्त्रालयका सचिव बीच कुटाकुट भएको छ । आज प्रदेश दुईको अर्थमन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री विजय यादव र उद्योग , पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानन्द झाबीच कुटाकुट भएको हो ।

गरिबी निवारण कोषको रकम सञ्चालनका लागि एनजीओ छनोट गर्ने क्रममा मन्त्री यादव र सचिव झाबीच विवाद हुँदा कुटाकुट भएको हो । कुटाकुट हुँदा सचिव झाको मुख फुटेको छ ।

मन्त्रीबाट कुटाई खाएका वन,वातावरण तथा पर्यटन मन्त्रालयका सचिव विद्यानाथ झालाई नियन्त्रणमा लिदै प्रहरी । सचिव झालाई मन्त्रीले कुटपिट गरेपछि कर्मचारीहरुले मुख्य ढोकामा धर्ना दिएका थिए। मन्त्री कोठामै थुनिएपछि सचिव झालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

कर्णाली प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री नन्द बुढाले आफूलाई नटेरेको भन्दै सचिव झालाई गत जेठ महिनामा केन्द्रको वन तथा वातावरण मन्त्रालयमा फिर्ता गरिदिएका थिए । केही समय वन अनुसन्धान तथा तालिम केन्द्रमा उपमहानिर्देशक रहेका झालाई गत असोजमा प्रदेश २ को मन्त्रालयको सचिवका रुपमा खटाइएको थियो ।

सचिव झाले मन्त्रीको कुटाई खाँदा सभामुख सरोजकुमार यादव मन्त्रीकै कार्यकक्षमा थिए। मन्त्रीले कुटपिट गर्दा उनको अनुहार सुन्निएको छ।

कुटपिट लगत्तै मन्त्रीकै निर्देशनमा प्रहरीले सचिवलाई पक्राउ गरेको हो। उता मन्त्री यादवले सचिवलाई कुटपिट गरेको अस्वीकार गरेका छन्। कार्यकक्षमा दुर्व्यवहार गरेपछि प्रहरीलाई खबर गरेको मन्त्रीको भनाइ छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार