पर्वतको मालढुंगामा बस दुर्घटना हुँदा सातको मृत्यु, ३१ जना घाइते

पोखरा, ३ माघ – म्याग्दीको सदरमुकाम बेनीबाट नारयाणघाट जाँदै गरेको ग१ख ६१०८ नं को बस पर्वत कुश्मा नगरपालिका–१ मालढुङ्गामा दुर्घटना परी सात जनाको मृत्युु भएको छ भने ३१ घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।

घाइतेमध्ये गम्भीर दुई जनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडाैको ग्राण्डी अस्पताल लगिएको छ भने थप तीन जनालाई उपचारका लागि काठमाडौँ पठाउन हेलिकप्टरको व्यवस्था गर्न नेपाली सेनालाई आग्रह गरिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो ।

अन्य घाइतेहरुको धौलागिरि अञ्चल अस्पतालमा उपचार गरी थप उपचारका लागि एम्बुलेन्समार्फत पोखराको मणिपाल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मृतक तथा घाइतेको विवरण सङ्कलनको कार्य भइरहेको छ । दुर्घटनाको कारण भने अहिलेसम्म खुलेको छैन ।

बेनीबाट आज बिहिबार बिहान ८ बजे छुटेको ग१ख ६१०८ नंको यात्रुवाहक बस मालढुङ्गाको सुकुम्वासी टोलमा दुर्घटना भएको हो ।  बस  करिब सडकबाट ७० मिटर तल खसेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार