सिटीको ‘लखपति एक्सप्रेस’ विजेता मानबहादुरलाई उपहार हस्तान्तरण

टोकियो – सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस’विजेता घोषित मानबहादुर खत्रीलाई उपहार हस्तान्तरण सम्पन्न भएको छ ।
लखपति एक्सप्रेस योजनाअन्तर्गत सिटी एक्सप्रेसमनि ट्रान्सफर जापानबाट पैसा पठाइ विजेता घोषित मानबहादुर खत्रीलाई उपहार हस्तान्तरण सम्पन्न भएको हो ।

आज जापानको टोक्योस्थित सिटीको कार्यालयमा एक कार्यक्रमबीच उपहार हस्तान्तरण भएको थियो । बम्पर उपहारअन्तर्गत मानबहादुरले १२ लाखको ‘लक्की ड्र’ मार्फत जितेका हुन् । सिटी एक्सप्रेसको प्रबन्धनिर्देशक चन्द्र टण्डन र सिटीका अध्यक्ष महेशकुमार श्रेष्ठ सिटी टीमले १२ लाखको चेक मानबहादुरलाई हस्तान्तरण गरीएको थियो ।

ब्रान्ड एम्बेसडर सीताराम कट्टेलद्वारा सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत उक्त विजेता घोषणा गरिएको कम्पनीले जनाएको थियो ।
उक्त उपहार योजना अवधिमा हालसम्म दैनिक उपहार योजनाअन्तर्गत १ हजार ८० जनाले २ सयको मोबाइल टप अप, साप्ताहिक रूपमा ३६ जना विजेताले १० हजार नगद र ३ जनाले १ लाख नगद प्राप्त गरिसकेका छन् । ती सबै उपहारहरू विद्युतीय लक्की ड्र मार्फत विजेता छनोट गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार