राष्ट्रपति विद्यादेवी भण्डारीले यसरी गरिन खुलासा, भ्रष्टाचार विकासको बाधक

काठमाडौं, २९ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ स्थापना दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार विकासको बाधक भएको बताउनुभएको छ। राष्ट्रपति भण्डारीले भ्रष्टाचार निर्मूल पार्न सबै सरोकारवाला पक्षको साझा अठोट र प्रतिबद्धता आजको आवश्यकता भएको बताउनुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औं स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने उहाँले भन्नुभयो– ‘भ्रष्टाचार मुलुकको विकासको बाधक भएकाले यसलाई छिटोभन्दा छिटो निर्मुल पार्नुपर्छ, भ्रष्टाचारविरोधी महाअभियानमा सहभागी हुन सबैलाई आ≈वान गर्दछु। किनकि भ्रष्टाचारले अपूरणीय क्षति निम्त्याउँछ। त्यसकारण भ्रष्टाचार हुनुपूर्व नै भ्रष्टाचार हुन नदिनेतर्फ अग्रसर हुनुपर्दछ।’

राष्ट्रपतिले भन्नुभयाे, “विष वृक्ष जस्तै भ्रष्टाचार सबैका लागि पीडादायी हुनुपर्नेका साथै यो जति बढ्दै जान्छ उति नै नियन्त्रण कठिन हुँदै जान्छ र समाजका हरेक क्षेत्रलाई क्षत्बिक्षत र तहस नहस बनाउँदै जान्छ ।”

सोही कार्यक्रममा भ्रष्टाचार नियन्त्रण र निर्मुल गर्नु आवश्यक रहेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले यसमा सहयोग गर्न सबैसँग अनुरोध गर्नुभयो। उहाँले भ्रष्टाचारले मुलुकलाई लज्जाजनक स्थिति हुन दिन नहुने तर्क राख्नुभयो।

उनले भने, “भ्रष्टाचार नियन्त्रण गर्न सरकार, आयोग र अन्य निकाय दृढ छन्, अब भ्रष्टाचारी लुक्न र भ्रष्टाचार लुकाउन सम्भव छैन, भ्रष्टलाई घरमा श्रीमती, श्रीमान् र छोरा छोरीले घृणा गर्दछन् । भ्रष्टाचार सबैको सत्रु हो । भ्रष्टाचारलाई निमिट्यान्न पार्नु अहिलेको आवश्यकता हो ।”

आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले आयोग भ्रष्टाचारविरुद्ध निर्मम ढंगले लाग्ने धारणा राख्नुभयो। कार्यक्रममा आयोगका उत्कृष्ट अनुसन्धानकर्ता र उत्कृष्ट अख्तियार सेवा पुरस्कारसमेत वितरण गरिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार