जन्मको आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता दिन गृहको निर्देशन

काठमाडौं, २० चैत्र – गृह मन्त्रालयले जन्मको आधारमा नागरिकता लिएका नेपालीका छोराछोरीलाई वंशजको आधारमा नागरिकता दिन निर्देशन दिएको छ। मंगलबार बसेको गृहमन्त्रालयको मन्त्रिस्तरीय निर्णय पछि गृहले सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन जारी गरेको हो ।

लामो समयदेखि विवादित रहेको नागरिकताको विषयमा गृहले भने बीचैमा यस्तो निर्देशन दिएको हो । नेपाल नागरिकता ऐन २०६३ को संशोधनको लागि बनेको प्रस्ताव अहिले प्रतिनिधि सभामा बहसको क्रममा रहेको छ । यसबारे धेरै विवाद समेत उब्जिएको छ । धेरैले नेपालको नागरिकताको सम्बन्धमा गरिएको खुल्लापनले मुलुकको सार्वभौमसत्तालाई नै जोखिममा पार्ने चेतावनी समेत दिँदै आएका छन् ।

गृहले पठाएको पत्रमा यसरी नागरिकता नदिँदा धेरैलाई शैक्षिक उपाधि हाँसिल गर्न र वृत्ति विकासमा समेत समस्या सिर्जना भएको ठहर गरिएको छ । त्यसैले नेपाल नागरिकता ऐन २०६३ र कार्यविधिमा आवश्यक सबै ककागजात पुरा गरेर वंशजको आधारमा नागरिकता दिन निर्देश गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार