एनआरएन अमेरिकाको कोषाध्यक्षमा संग्रौलाको उम्मेदवारी

काठमाडौं – एनआरएन अमेरिकाको कोषाध्यक्षमा प्रसन्न संग्रौलाको उम्मेदवारी दिएका छन् । संग्रौला बिगतमा पनि  कोषाध्यक्ष पद मै उम्मेदवारी दिएका थिए । उनले नेपाली समुदायको माझमा रहेर सामाजिक सेवा गर्ने आफ्नो मनशायलाई सबै अमेरिकावासी नेपालीहरुले साथ दिनु भएकोमा म  “प्रसन्न सँग्रौला” हार्दिक नमन अर्पण गर्दछु भनि लेखेका छन् ।
उनले अगाडी लेखेका छन् सबै संग सल्लाह गरेर कोषाध्यक्ष पदमा मनोनयन गरेको र सबैको सहयोग र समर्थन रहने कुरामा आफू बिश्वस्त भएको बताएका छन् । कोषाध्यक्ष पदको लागि मेरो जिम्मेवारी र उद्देश्य आर्थिक पारदर्शीता माथिको बिशेष ध्यानाकर्षण हो, तपाईं हामिले जम्मा गरेको या कतैबाट प्राप्त गरेको रकमको सामाजिक हितमा अधिकतम् सदुपयोगको लागि प्रयत्न गर्नु हो भनि स्पष्ट पारेका छन् ।
उनले भनेका छन् कोषाध्यक्षमा उम्मेदवारी मेराे लगाव र ध्यान यो संस्थाको आर्थिक कोषको रकम फजुल खर्च हुन बाटपुर्ण तवरले रोक्नमा हुनेछ्, जस्तो कि संस्थाको पैसाले भोज-भतेर गर्न बन्देज लगाइनु पर्छ । संस्थाको सार्वजनिक लेखापरिक्षण प्रतिस्प्रधात्मक रुपले छनिएका लेखा परिक्षकबाट गराइनु पर्छ । हरेक तीन महिनामा उक्त लेखापरिक्षणलाई अपडेट गरी सबै सदस्य माझमा वेवसाइट र ईमेल मार्फत जानकारी गरिनु पर्छ ।
उनकाे अपिलमा भनेका छन्, तपाईले प्रदान गर्नु भएको अमुल्य मतको कदर गर्नमा म “प्रसन्न सँग्रौला” सधै जागरुक र तत्पर रहनेछु । यस  पदमा आफ्नो मत दिएर विजयी गराइ यस संस्थामा सेवा गर्ने अवसर प्रदान गरी दिन हुन हार्दिक अनुरोध गर्दछु भनेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार