त्रिभुवन विमानस्थलबाट डेढ किलो सुनसहित ४ विदेशी महिला पक्राउ

काठमाडौं, ८ बैशाख – प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित ४ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।आइतबार विमानस्थलबाट एक हजार ६ सय ग्राम सुनसहित दुई जना कम्बोडियन र दुई थाई नागरिकलाई विमानस्थल सुरक्षार्थ खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका चारै जना महिला रहेको प्रहरीले जनाएको छ ।

थाई एयरबाट नेपाल आएका उनीहरुले ६ वटा चुरा र ३ पिस बिस्कुट आकारमा पाखुरामा लुकाएर ल्याएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार