ललितपुर महानगरमा कांग्रेसको फराकिलो अग्रता! अपड‍ेट सहित

ललितपुर, ४ जेठ  – ललितपुर महानगरपालिकामा कांग्रेस र एमालेका उम्मेदवारबीच निकै लामो समयसम्म चलेको प्रतिस्पर्धा कमजोर बन्दै गएको छ । कांग्रेस उम्मेदवार चिरिबाबु महर्जनले आफ्नो अग्रता फराकिलो पारेका छन् । एमालेका मेयर पदका उम्मेदवारलाई १५१५ मत अन्तरले पछि पार्दै कांग्रेसका मेयर पदका उम्मेदवाले अग्रता कायमै राखेका हुन् ।

भर्खरै प्राप्त जानकारी अनुसार कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले १३ हजार २३ मत पाएका छन् भने एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ११ हजार ५ सय ८ मत पाएका छन् ।

ललितपुर महानगरको मेयर पदको अपडेट
कांग्रेसका चिरिबाबु महर्जन- १३०२३
एएमालेका हरिकृष्ण ब्यञ्जनकार- ११५०८

उपमेयर
कांग्रेसकी गीता सत्याल – ९८१५ मत
साझाकी शोभा शाक्य – ५३१९ मत

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार