तत्काल राजीनामा नदिने मुडमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं , ५ जेठ – पहिलो चरणको निर्वाचनमा केही तहमा तालमेल गरेर निर्वाचनमा भाग लिएका सत्तारुढ दल र नेकपा माओवादी केन्द्रमा खटपट सुरु भएको छ ।

चुनाव तालमेल भएको चितवनको भरतपुर महानगरपालिकामा अपेक्षा अनुसारको मत परिणाम नआएपछि माओवादीले कांग्रेसले ‘बेइमानी’ गरेको निष्कर्ष निकालेको छ ।

कांग्रेस र माओवादीबीच भएको सहमतिअनुसार बैशाख ३१ गतेको पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै जेठको पहिलो साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिने बताइए पनि पहिलो साता राजीनामा नगर्ने मनस्थितमा प्रधानमन्त्री पुगेका छन् ।

प्रधानमन्त्री दाहालले जेठ १५ गते कामचलाउ बजेट घोषणा गरेर मात्र राजीनामा दिने तयारी गरेका छन् । – नेपाल समाचारपत्र दैनिक

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार