दिउँसै लुटपाट: गोली प्रहार बाट तीन जना घाइते, छ पक्राउ

चितवन, ५ जेठ – चितवनको भरतपुरमा हातहतियार सहित प्रवेश गरेका लुटेराले दिउँसै लुटपाट गरेका छन् । लुटपाट गर्ने क्रममा प्रतिकार गर्दा लुटेराहरुले गोली प्रहार गरेका छन् । जसबाट तीन जना घाइते भएका छन् । चितवनको भरतपुर महानरपालिका-२५ शुक्रनगर स्थित साहुनी महतोको घरमा शुक्रबार दिउँसो १२ बजे मुखमा माक्स लगाएका हातहतियार सहित आएका ३ जना अपरिचित व्यक्तिहरु प्रवेश गरी लुटपाट गरेका हुन् ।

घरका मानिसहरुले प्रतिकार गर्दा निजहरुले प्रहार गरेको हथौडाबाट २७ वर्षीया राम कुमारी महत्तो र ५५ वर्षकी साहुनी महत्तो घाईते भएको र पेस्तोलको गोली लागी ३२ वर्षकी गंगा सागर महत्तो गम्भिर घाईते भएका हुन् ।

घाईतेहरुको हाल चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुरमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएका छन् । घटनाको सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट २१ जनाको प्रहरी टोली घटनास्थलमा खटीसकेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपक थापाले बताए ।

लुटेराहरुले साहुनीको घरबाट करीब 9 तोला बराबरको सुनको गरगहना, नगद दुई लाख र ४ थान मोबाईल लुटी लगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनास्थलमा कुकुरसहितको अनुसन्धान टोलि झिकाई आवश्यक अनुसन्धान भई रहेको, शंकास्पद अवस्थामा फेला परेको ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाईते गंगा सागर महतोको उपचारमा संलग्न चिकित्सक डा. अजित श्रेष्ठका अनुसार टाउकोको बाँया कन्चटमा गोली लागी दाहिने कान पछाडी अड्किएकोले सल्यक्रिया गरी गोली निकालिएको छ । घटनामा संलग्न व्यक्तिहरुको पहिचान हुन नसकेको र उनीहरुको खोतलास भइरहेको प्रहरी प्रवक्ता दिपक श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार