गोकर्णेश्वर नगरपालिकामा मेयर र उपमेयर दुबैमा काँग्रेस

काठमाडौं, ५ जेठ – काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवारहरु मेयर तथा उपमेयर दुबै पदमा निर्वाचित भएका छन् । शुक्रबार निर्वाचन अधिकृतको कार्यालयले उनी विजयी भएको जनाएको छ ।

मेयर पदमा नेपाली काँग्रेस क्षेत्र नं ३ का सभापति समेत रहेका सन्तोष चालिसेले ८९३७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्दी एमालेका पुण्य चौलागाईको जम्मा ७५ सय ८४ मत आएको छ । यी दुई उम्मेदवारबीच कूल १३५३ मतको मतान्तर रहेको छ ।

त्यस्तै उपमेयरमा पनि नेपाली काँग्रेसकै शान्ति नेपाल विजयी भएकी छिन् । उनले कूल ८ हजार ५ सय ९८ मत ल्याउँदा उनकी निकटतम प्रतिद्वन्दी एमालेकी शान्ति श्रेष्ठले ८ हजार ८८ मत ल्याईन् । उनीहरुबीचमा जम्मा ५१० मतको अन्तर रहेको छ ।

गोकर्णेश्वरमा आफ्नो पार्टी विजयी भएपछि काँग्रेस कार्यकर्ताले बाजागाजासहित विजय जुलुस निकालेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार