काठमाडौं, ६ जेठ – भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टीका सुनील प्रजापति भारी मतले विजयी भएका छन्। हालै सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार प्रजापतिले २५ हजार ५ सय ६८ मत ल्याएका छन्।
यो स्थानीय तह निर्वाचनको अहिलेसम्मको सर्वाधिक बढी मत ल्याएका प्रजापतिले सोही मतान्तर विपक्षी उम्मेद्वारलाई हराएका छन्।उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रामप्रसाद कसुलाले ६ हजार ५ सय ३२ मत ल्याएका थिए।
यस्तै एमालेका विष्णु सुवालले ४२१० मत पाएका छन् भने माओवादीका सत्यलाल मुलले २४८७ मत ल्यएका थिए। भक्तपुर नगरपालिकाका सवै १० वडामा नेमकिपाले पूरै प्यानलसहित जित हाशिल गरेको हो। मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरु सबै नेमकिपाले नै जितेको हो।
मेयर एक जना, उपमेयर १ जना र १० जना वडा अध्यक्ष, प्रत्येक वडामा चार चार जना वडा सदस्यसहित ५० जना गरेर कुल ५२ जना सवै नै नेमकिपाले नै जितेको हो।
प्रत्येक वडामा दुई दुई जना वडा सदस्य, एकजना महिला सदस्य र एकजना दलित महिला सदस्यसहित सवै नेमकिपाले नै जितेको हो। नगरपालिकाको कुनै पनि वडामा एक जना पनि सदस्यसम्म अन्य कुनै पार्टीबाट विजयी भई प्रवेश पाउन सकेनन्।
नेमकिपाका वडामा विजयीहरू
- वडा नं १- श्यामकृष्ण खत्री
- वडा नं २ – मा हरिप्रसाद बासुकला
- वडा नं ३ मा राजकृष्ण गोरा
- वडा नं ४ मा कुमार चवाल
- वडा नं ५ मा प्रेमगोपाल कर्माचार्य
- वडा नं ६ मा हरिराम सुवाल
- वडा नं ७ मा उकेश कवां
- वडा नं ८ मा महेन्द्र खायमली
- वडा नं ९ रविन्द्र ज्याख्व र
- वडा नं – १० मा लक्ष्मीप्रसाद ह्यौमिखा
देशैभरि कांग्रेस, एमाले र माओवादी एकता केन्द्रले विजयको झण्डा फहराइरहेका बेला भक्तपुरमा नेमकिपाले एकलौटी विजयी हासिल गरेको हो।
५२ हजार ९ सय ३० मतदाता रहेको भक्तपुरमा त्यसमध्ये ४४ हजार एक सय ८६ (८३ दशमलब ४८) प्रतिशत मत खसेको थियो। खसेको ४४ हजार एक सय ८६ मतमध्ये मेयर प्रजापतिले २५ हजार पाँच सय ६८ र उपमेयर जोशीले २५ हजार ६ सय ६० मत पाएका थिए।