सुडानमा झडपमा परी ४० जना बिद्रोहीको मृत्यु

काठमाडौं, ६ जेठ – दक्षिण सुडानको विएह राज्यस्थित वाट क्षेत्रमा सुरक्षाकर्मीसँग भएको झडपमा कम्तिमा ४० जना विद्रोहीको मृत्यु भएको छ ।

सरकारी सेनासँग भएको झडपमा प्रतिपक्षी समूहका ४० जनाको मृत्यु भएको सुडान पिपुल्स लिवरेसन आर्मीका प्रवक्ता ब्रिगेडिएर डिकसन गटलाउकले जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

घटनामा सेनातर्फ पाँच जना सामान्य घाइते भएका छन् । त्यसैगरी विद्रोहीतर्फ ठूलो संख्यामा घाइते भएको सरकारी अधिकारीहरुले दाबी गरेका छन् ।

दक्षिण सुडानको सीमा क्षेत्रस्थित एइ सहरमा भएको भिडन्तमा दुई दिन पहिले पनि केही सेनाको मृत्यु भएपछि सेनाले सुरक्षा कारबाहीलाई सशक्त बनाएको थियो ।(एजेन्सी)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार