नवलपरासी, ६ जेठ – वडासदस्यमा निर्वाचित घोषित एक महिला सदस्यलाई तीन दिनपछि पराजित भएको भन्दै निर्वाचन अधिकृतले प्रमाणपत्र फिर्ता लगेका छन् ।
मतपरिणाम घोषणा गरेको दुई दिनपछि नेपालसहित सबै विजयी उम्मेवारलाई शपथ खुवाउँदै प्रमाणपत्र वितरण गरिएको थियो ।
साँझपख एमाले कार्यकर्ताहरुले विरोध गर्दै कार्यालयमा ताला लगाएपछि पुरीले पुनः मतपरिणाम हेर्दै एमालेकी पुष्पा आलेको बढी मत भएको भन्दै आलेलाई विजयी घोषणा गरेका हुन् ।
मतपरिणाम घोषणा गर्दा नेपालको १ हजार ४९ मत भनिएपनि प्राविधिक त्रुटि हुन गएको भन्दै मतपरिणाम हेर्दा नेपालको १ हजार ३९ मतमात्र देखिएकाले १ हजार ४९ मतसहित आलेलाई विजयी घोषणा गरी प्रमाणपत्र फिर्ता लिइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।