काठमाडौं , ७ जेठ – सञ्चार कर्मी तथा सर्जक किस्न आचार्य रोशनीले अभिनय गरेको नयाँ गीत सार्वजनिक भएको छ । सञ्चार क्षेत्र तथा गीत संगीत क्षेत्रमा सक्रिय रोशनीको अभिनय यात्राको यो पहिलो गीत हो ।
हामी सँग कुरा गर्दै सर्जक आचार्यले अभिनय मार्फत स्रोता दर्शकमा आफुले परिक्षा दिएको बताउदै दर्शकले पास गरे आगामी दिनमा पनि निरन्तरता दिने र फेल बनाए छोड्ने बताउनु भयो । गीत सार्वजनिक भए पछि आजको दिन सम्म आइपुग्दा सबैले गीत प्रति राम्रो छ भन्ने प्रतिक्रिया दिएको बताउँदै आचार्यले खुसि व्यक्त गर्नुभयो ।
बागलुङ जिल्लामा जन्मीएर कर्मथलो काठमाण्डौ बनाउदै आएकी आचार्यले आफ्नै आवाज र सिर्जनामा केहि एल्वम बजारमा ल्याइसक्नु भएको छ भने गीत बाट सबैको राम्रो गीत भन्ने प्रतिक्रिया समेत प्राप्त गर्नु भएको छ ।
गीत हेर्दा पनि रोशनीको अभिनयमा खोट लगाउने ठाउ भेटिँदैन । माया प्रेममा विछोड भएका कुरालाई गीतले विषय बस्तु बनाएको छ भने गीतको शव्द चर्चित सर्जक प्रेम सापकोटा सोनुले गरेका हुन भने लय सिर्जना होमनाथ कुँवरले गरेका छन । गीतमा सर्गम मगर र पवित्रा सुतुङ्गी मगरले आवाज दिएका छन साथै म्युजिक भिडियो निर्देशन चित्र मास्की मगरले गरेका छन गीतलाई बजार व्यवस्थापन रक्षा म्युजिकले गरेको छ ।