संसद बैठक भोलि ११ बजे सम्मका लागि स्थगित, प्रधानमन्त्रीको सम्बोधन पनि रोकियो

काठमाण्डौ ,९ जेठ-  स्थानीय तहको संख्या थपेको विषयमा प्रमुख तीन दलबीच सहमति नभएपछि संसद बैठक स्थगित भएको छ ।

पटक पटक भएका छलफल निष्कर्षमा नपुगेपछि बुधबार बिहान ११ बजेसम्मका लागि सूचना टाँसेर संसद बैठक स्थगित भएको हो ।

निर्वाचनको मुखमा सरकारले स्थानीय तहको संख्या थपेको भन्दै एमालेले असन्तुष्टि राख्दै आएको छ ।

मंगलबार बिहान ११ बजे बोलाइएको दिउँसो तीन बजे, पाँच बजे र सात बजेका लागि सारिएको थियो । मंगलबारको संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गरेर राजीनामा दिने कार्यक्रम थियो । तर, दलहरुबीच सहमति नहुँदा प्रधानमन्त्रीको सम्बोधन नै हुन सकेन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार