ललितपुर महानगरपालिकामा कांग्रेसको जित, मेयर बने चिरिबाबु महर्जन

उपमेयरमा कांग्रेसकै गीता सत्याल विजयी

१० जेठ, काठमाडौं । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा चिरीबाबु महर्जन र उपमेयरमा गीता सत्याल विजयी भएका हुन् ।

महर्जनले एमालेका हरिकृष्ण व्यन्जनकारलाई ३२६ मत अन्तरले पराजित गर्दै मेयर पदमा निर्वाचित भएका हुन् ।

चिरिबाबु बने मेयर उपमेयरमा कांग्रेसकै गीता सत्याल विजयी

मेयर निर्वाचित कांग्रेसका महर्जनले २४ हजार ६ सय ४२ मत पाएका छन् । एमालेका ब्यन्जनकारको पक्षमा २४ हजार ३ सय १६ मत परेको छ । तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका दिनेश महर्जन ‘दिपेश’ले १० हजार ६६१ मत पाए यसैगरी उपमेयरमा कांग्रेसकी गीता सत्यालले साझा पार्टीकी शोभा शाक्यलाई ५ हजार ५७९ मत अन्तरले हराइन् ।  उपमेयर निर्वाचित गीता सत्यालको पक्षमा १९ हजार ८१९  मत परेको छ भने साझा पार्टीकी शोभा शाक्यले १४ हजार २४० मत पाएकी छन् । एमालेसँगको गठबन्धनबाट उमपेयरको उम्मेदवार बनेका राप्रपाका बाबुकाजी थापाले १०५४७ मत प्राप्त गरे

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार