कार्यालय सहयोगी बने वडा अध्यक्ष

चितवन, ११ जेठ-केही दिनअघिसम्म वडाका गल्ली गल्लीमा झ¥याङ बोकेर सडक बत्ती मर्मत गर्दै हिँड्ने यमलाल कँडेल अहिले त्यहीँ वडाको अध्यक्ष बनेका छन् । भरतपुर महानगरपालिका–९ का नवनिर्वाचित अध्यक्ष कँडेल कुनै बेला यहीँ वडाको कार्यालय सहयोगी थिए ।उनी आर्थिक सम्पन्न भएर वडा अध्यक्ष बनेका पनि होइन । पार्टीका कतिपय नेताले निर्वाचनमा पैसा खर्च गर्न सक्दैन भनेर टिकट दिन आनाकानी गरेका थिए । उनले भने, ‘पैसा खर्च गर्न नसके पनि चुनाव जितेर देखाउँछु ।’

विसं २०२३ मा बागलुङको बिहुँमा जन्मिएका कँडेलको परिवार २०२६ सालमा चितवन झरेको हो । १३ वर्षको उमेरमा बुबा गुमाएका कँडेलमाथि आफ्ना २ भाई, २ बहिनी र आमाको पालनपोषण र शिक्षादीक्षाको जिम्मेवारी पनि थपियो । कँडेलले अर्काको जमिन अधियाँ र ठेक्कामा कमाएर परिवार पाल्दै आएका थिए । घरमै पुगेका पत्रकारसँग उनले भने, ‘अहिले पनि म एक बिगाहा अर्काको जग्गा कमाइरहेको छु ।’

नेकपा (एमाले)को तर्फबाट उम्मेदवार बनेका उनले १ हजार ५ सय ३५ मत प्राप्त पाएका थिए भने उनका निकटतम प्रतिश्पर्धी नेपाली कांग्रेसका सन्तलाल गुरुङले १ हजार १ सय २२ र (माओवादी केन्द्र)का ज्ञानकुमार श्रेष्ठले ५ सय ८१ मत ल्याएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार