विपक्षी दलहरुद्वारा सदनमा पुन: अवरोध

काठमाण्डौ, ११ जेठ-  नेपाल एमालेलगायत विपक्षी गठबन्धनमा आबद्ध दलका सांसदहरुले संसद् बैठकमा अवरोध पुर्‍याएका छन् ।

बिहीबार साँझ बोलाइएको दोस्रो बैठक एमालेलगायतका दलहरुले अवरुद्ध पारेका हुन् । विपक्षीको अवरोधका कारण राष्ट्रपतिले संसद्‍मा  गरेकाे सम्बोधनप्रति धन्यवाद दिने लगायतका कार्यसूचि प्रभावित भएको छ । पहिलो बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्‍मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

बिहीबार बसेको संसद्को पहिलो बैठक भने राष्ट्रपतिको सम्बोधनका कारण विपक्षीले अवरोध गरेनन् । ती दलहरुले प्रधानन्याधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग, पछिल्लो पटक स्थानीय तह थप गर्ने सरकारको निर्यण फिर्ता गर्नुपर्ने माग गर्दै आएका छन् । अवरोध गर्ने विपक्षी चेतावनीपछि यसअघि मंगलबार र बुधबार पनि संसद् चल्न सकेन । संसद् सञ्चालन हुन नपाउँदा प्रि बजेटमाथिको छलफल समेत सुरु हुन सकेको छैन ।

सदन भोलि शुक्रबार १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार