बारा १२ जेठ- बाराको महागढीमाई नगरपालिका-१० गन्जभवानीपुरमा बिवाह गरिसकेपछि दुलही मन नपरेको भन्दै दुलाहाले तन तलाक (सम्बन्धबिच्छेद) दिएका छन्। भारतको बिहार बेतीयानी नजिकै मझौलिया गाउँबाट आएर स्थानीय युवतीसँग विवाह गरेका रुस्तम आलमले तलाक दिएका हुन्।
मुस्लिम परम्पराअनुसार बुधबार राति निकाहा (विवाह) सम्पन्न भइसके पछि बिहिबार बिहान दुलाहाले दुलहीको अनुहार देखेपछि मन नपरेको भन्दै सबैको सामुन्नेमै तीन तलाक गरेका हुन्। मुस्लिम समुदायमा तीन पटक तलाक भनेपछि सम्बन्ध बिच्छेद हुने धार्मिक परम्परा कानुन छ।भारतमा उक्त कानुनलाई लिएर चर्को विवाद भइरहेको छ।
यसैबीच विवाह गरिसकेपछि दुलही नजैजाने भनेपछि गाउँलेले भने दुलाहासहित जन्तीलाई मदरसाको कोठामा थुनेर राखेका छन्। केटी आफूलाई मन नपरेकोकाले बिहे गरे पनि घर नलैजाने निर्णयमा पुगेको दुलाहा रूस्तम आलमको भानाई छ। जन्तीलाई स्थानीयले घेराउँ गरेपछि भद्र भलाद्मीले सार्वजनिक भेलाबाट केटा पक्षलेलिएको दाइजोसहित विवाहको सम्पूर्ण खर्चवापत २ लाख ७५ हजा। दिने सहमति गरेको प्रहरी चौकी गन्जभवानीपुरले जनाएको छ।
यो खबर आजको नयाँ पत्रिकाबाट लिएका हौ।