अमेरिकामा थप वाणिज्य दूतावास खोल्ने निर्णय

काठमाण्डौ १२ जेठ-  सरकारले अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलसमा वाणिज्य दूतावास स्थापना गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारको अन्तिम ‘मन्त्रिपरिषद् बैठक’ ले उक्त निर्णय गरेको हो ।

परराष्ट्रमन्त्री प्रकाशशरण महतको प्रस्तावमा त्यस्तो निर्णय लिइएको हो । त्यहाँ रहेका केही गैरआवासीय नेपालीको आग्रहमा नै यस्तो निर्णय भएको हो । सरकारले बिनाअध्ययन ‘हचुवा’ का भरमा नियोग स्थापना गर्न थालेपछि विवादित भएर प्रस्तावित राजदूतसमेत सुनुवाइ नभई बसेको अवस्थामा गोप्य ढंगले पुन: अर्को नियोग खोल्ने निर्णय लिइएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार