एमाले द्धारा लगातार दोस्रो दिन संसद बैठक अवरुद्ध

काठमाडौं १२, जेठ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार दोस्रो दिन व्यवस्थापिका संसदको बैठक अवरुद्ध पारेको छ ।

शुक्रबारको बैठक सुरु हुनासाथ एमाले सांसदहरुले आआफ्नो स्थानमा उठेर विरोध गरे । सभामुख ओनसरी घर्ती मगरले पटक पटक बस्न आग्रह गर्दा पनि अस्वीकार गरेपछि संसद बैठक ४ बजेसम्मका लागि स्थगित भएको छ ।

स्थानीय तहको संख्या बृद्धिको विरोधमा एमालेले लगातार संसद अवरुद्ध पार्दै आएको छ ।

एमालेले बिहीबारको संसद बैठक अवरोध गर्दा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपतिलाई धन्यवाद समेत दिन पाएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार