https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

पोखरा लेखनाथ महानगरपालिकामा एमालेले जित्याे

पाेखरा १२ , जेठ –  नेपालकै सबैभन्दा ठूलो महानगरपालिका पोखरा लेखनाथ महानगरपालिकामा एमाले विजयी भएको छ । एमालेले मेयर र उपमेयर दुवै पदमाथि कब्जा जमाएको हो ।

मेयरमा मानबहादुर जिसी ६०,४२३ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी रामजी कुँवरले ४६,४११ मतमात्र ल्याउन सके । जिसीले १४,०१२ मतको अन्तरले जित हासिल गरेका हुन् ।

त्यस्तै उपमेयरमा पनि एमाले नै विजयी भएको छ । एमालेकी मञ्जुदेवी गुरुङले ५६,४४८ मत ल्याएर जित निकालिन् । गुरुङकी प्रतिद्धन्द्धी काँग्रेसकी सरस्वती गुरुङले ४४,३३८ मतमात्र ल्याइन् ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार