ओलीद्वारा राष्ट्रिय सहमतिको सरकार प्रस्ताव

काठमाण्डौ १३ जेठ-  प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय सहमतिको सरकार गठन प्रस्ताव गरेका छन् । ‘हामी राष्ट्रिय सहमतिको सरकारका पक्षमा छौं,’ संसद भवनमा संवाददाताहरुलाई नयाँ सरकार गठनबारे संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले भने, ‘संक्रमणकाल अन्त्यका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजिनामा दिएपछि राष्ट्रपतिबाट सहमतिय सरकार गठनका लागि आह्वान भएका बेला प्रतिपक्षी नेता ओलीले ‘योग्य र सबैले मान्ने व्यक्तिको नेतृत्वमा’ राष्ट्रिय सरकारको आवश्यकता औल्याएका हुन् । सदनमा नीति कार्यक्रम पेस गर्ने बेला सरकारको हैसियत कामचलाउ मात्रै हुँदा अन्यौलको अवस्था आएको उनको भनाइ थियो । ‘यस्तो बेला सरकार किन भगाइएको हो ?’ उनले भने ।

दुई चरणको स्थानीय निर्वाचनकै बीच प्रधानमन्त्री दाहालले राजिनामा गरेका कारण आगामी आर्थिक वर्षको बजेट पनि कामचलाउ सरकारले ल्याउँदै छ । जेठ १५ मा बजेट ल्याउने संवैधानिक व्यवस्था र निर्वाचन आचारसंहिताका कारण नयाँ कार्यक्रम घोषणा गर्न नपाइने वाध्यताबीच सरकारले पुरानै कार्यक्रम र खर्चको निरन्तरताका रुपमा बजेट ल्याउादै छ । तर सदनको गतिरोधका कारण सरकारको नीति–कार्यक्रममाथि छलफल हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार