राेचक बन्दै भरतपुर महानगरपालिकामा देवी भर्सेज रेणु

चितवन १३ जेठ- भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी मेयर उम्मेद्वार रेणु दाहालले वडा नम्बर १७ गन्न थालेपछि फेरि अग्रता छोट्याएकी छन्।

यसअघि केही वडामा एमालेका मेयर पदका उम्मेड्द्वाढर देवी ज्ञवालीले आफ्नो अग्रता बढाउँदै लगे पनि फेरि १७ वडामा आएपछि रेणुले अग्रता छोट्याउन थालेकी हुन्। बिहीबारसम्म देवीको अग्रता घट्दै गएको थियो शुक्रबारबाट अग्रता फेरि बढाएका देवीका लागि रेणुले १७ वडाबाट आफ्नो पकड देखाउन थालेकी छन्।

यसअघि वडा नम्बर २३ को मत गणना भइसक्दा देवी ज्ञवाली माओवादी केन्द्रका मेयर पदकी उम्मेद्वार रेणु दाहाल भन्दा १८ सय २० मतले अघि थिए। लगत्तै लगना भएको १७ वडाबाट रेणुले छोट्याइन्। कुल खसेको ३० हजार ८७ मत मध्ये अहिलेसम्म ११९६ मत गनिएको छ।

यस्तो छ पछिल्लो मत परिणाम

मेयर

एमाले ,देवी ज्ञवाली-३६९५८

गठबन्धन ,रेणु दाहाल-३५३०१

मतान्तर : १६५७

उपमेयर

काङ्ग्रेस ,पार्वती शाह -३८९९४

एमाले ,दिव्या शर्मा -३३६३६

मतान्तर : ५३६८

वडा अध्यक्ष

सूर्य २८१

हसियाँ/हथौडा-2४९

रुख-४१६

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार