काठमाडौं १२ जेठ, – गोमा एयरको कार्गो विमान लुक्लामा दुर्घटना भएको छ । काठमाडौंबाट उडेको नाइन एन ए के वाई कलसाइन भएको कार्गो विमान अवतरणका क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको हो । २ बजेर ४ मिनेटमा विमान दुर्घटनामा परेको थियो ।
विमानका चालक चालक पारस राई र सहचालक सृजन मानन्धर थिए भने विमान परिचारिका प्रज्ञा महर्जन थिइन् । तीनै जनाको उद्दार गरिएको छ । विमानको अघिल्लो भागमा क्षति भएकाले चालक दलका सदस्यहरूको उद्दार निकै कठिन भएको थियो । तर, उनीहरूको उद्दार गरिएको छ र अस्पताल लगिएको छ ।
चालक राईको अवस्था केही गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि काठमाडौं ल्याउन प्रयास गरिने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अधिकारीहरुले बताएका छन् ।
शनिबार लुक्लामा दुर्घटना भएको गोमा एयरका सहचालक सुजन मानन्धरको पनि राति निधन भएको छ ।
लुक्लास्थित पासाङल्हामु निकोलनिकि अस्पतालमा उपचारको क्रममा राति ९ बजेर २५ मिनेटमा निधन भएको लुक्ला प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक यादवकुमार खड्काले बताए ।
घाइते परिचारिका प्रज्ञा महर्जनलाई भने उपचारको लागि आइतबार बिहान मनाङ एयरको हेलिकप्टरमार्फत ग्रान्डी अस्पताल राजधानी पठाइएको छ । चालक पारस राई र सहचालक सुजन मानन्धरको मृत शव बिहान ७ : ३० बजे एयर डाइनेस्टीको हेलिकप्टरबाट राजधानी पठाएको प्रहरीले जनाएको छ ।