https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

काठमाडौंको मेयरमा एमालेका विद्यासुन्दर विजयी

उपमेयरमा कांग्रेसकी हरिप्रभा खड्गी विजयी , रञ्जु दर्शना भइन तेस्रो

काठमाडौं  १४ जेठ –  काठमाडौंमहानगरपालिकाको मेयरमा नेकपा एमालेका विद्याशुन्दर शाक्य विजयी भएका छन् । शाक्य कांग्रेसका उम्मेदवार राजुराज जोशीलाई १९ हजार बढी मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

१३ दिनसम्म च लेको मत गणना शनिबार मध्यरातमा सकिएको छ । तर, औपचारिक घोषणा आइतबार विहान मात्र भएको छ । शाक्यले ६४ हजार ९१३ मत पाएका छन् । उनका निकटमत प्रतिद्वन्द्वी कांग्रेसका राजुराजले ४५ हजार २६९ मत पाए ।

विवेकशील नेपाली दलकी रञ्जु दर्शना तेस्रो भइन् । उनले २३ हजार ४३९ मत पाएकी छन् । साझा पार्टीका किशोर थापा १८ हजार ४९६ मतसहित चौथो भएका छन् ।

उनले ६४ हजार ९ सय १३ मत पाए भने जोशीले ४५ हजार २ सय ७९ मत पाए ।  उपमेयरमा कांग्रेसकी हरिप्रभा खड्गी विजयी भएकी छन् । औपचारिक घोषणा भने केहीबेरमा हुँदैछ ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार