http://jagdambacement.com/

फेसबुकेहरुलाई खुसीकाे खबर ! अब दिमागले जे सोच्यो, त्यही स्टाटस लेखिने प्रविधि अाउँदै

काठमाण्डौ १५, जेठ – लोकप्रियता अझ बढाउन फेसबुकले एक यस्तो प्रविधि बनाइरहेको बताएको छ, जसको प्रयोग गरी तपाईँ आफ्नो कम्प्युटरलाई दिमागले नियन्त्रण गर्न सक्नुहुनेछ । औंलाले होइन, दिमागले नै टाइप गर्न सक्नुहुनेछ ।

यो प्रविधि बन्यो भने ‘साइलेन्ट स्पिच’को सहयोगमा प्रतिमिनेट सय शब्द टाइप गर्न सकिने फेसबुकले जनाएको छ । यस्तो खालको प्रविधि ल्याउन पहिला बिनाअप्रेसन दिमागको कुरा कम्प्युटरसम्म ल्याउन सक्ने सफ्टवेयर चाहिनेछ । जसले दिमागका तरंगलाई कम्प्युटरसँग जोड्न सकोस् । दिमागमा आउने कुरालाई डिकोडिङ गरी किबोर्डमा ती कुरा टाइप गर्ने बनाउन सकिने फेसबुकले जनाएको छ ।

फेसबुकका संस्थापक मार्क जुकरबर्गले लेखेका छन्, ‘हामी एक यस्तो प्रविधि बनाउन लागेका छौं, जसको प्रयोगबाट तपाईँ सोझै दिमागले टाइप गर्न सक्नुहुनेछ । यसले मोबाइलमा टाइप गर्ने अहिलेको तपाईँको रफ्तार पनि ५ गुणा बढ्नेछ ।’ जुकरबर्गले फेसबुकले यस्तो प्रविधि भएको एउटा यन्त्र बोक्न मिल्ने गरी बनाउन लागेको बताएका छन् ।

फेसबुककी रेगिना डगनले आफूहरू मानिसको दिमागमा भएका सबै विचारलाई डिकोडिङ गर्न लागेका नभई आफूले सार्वजनिक गर्न चाहेको कुरामात्र टाइप हुन सक्ने गरी काम गरिरहेको बताएकी छन् ।

‘तपाईँको दिमागमा भएका धेरै विचारबाट केही विचार अरुलाई बाँड्न छान्न सक्नुहुन्छ’, उनले भनिन् । फेसबुकले डगनको नेतृत्वमा यही प्रविधि बनाउनका लागि ‘विल्डिङ ८’ नाम दिइएको एउटा टिम पनि बनाएको छ । टिममा ६० जना विशेषज्ञ छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार