नेपाली सेनाको विमान दुर्घटना, पाइलटको मृत्यु

बाजुरा, १६ जेठ  – नेपाली सेनाको कार्गो विमान बाजुराको कोल्टी विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ । विमानमा पाइलट गुरुङसहित तीनजना सवार थिए । कोल्टी विमानस्थलमा मंगलबार अवतरणकाक्रममा दुर्घटना हुँदा पाइलट नेपाली सेनाका महासेनानी कैलाश गुरुङको मृत्यु भएको छ ।

विमानमा रहेका नेपाली सेनाका सुबेदार पूर्णबहादुर खड्का र एक महिलालाई  उद्दार गरी उपचारका लागि नेपालगन्ज लगिएको छ । उनीहरुलाई सीता एयरको विमानबाट  नेपालगञ्ज लगिएको हाे ।  सुर्खेतबाट चामल बोकेर हुम्लाको सिमिकोटका लागि उडेको ‘एन ए जिरो अड्चालिस’ कलसाइन भएको विमान मौसम खराब भएपछि अवतरणका लागि बाजुराको कोल्टी विमानस्थल लगिएको थियो ।

दिउँसो सवा १२ बजेतिर अवतरणकाक्रममा विमान खेतमा भासिएको र लगत्तै आगो लागेको स्थानीयबासिन्दाले बताएका छन् । नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले घाइतेहरुको उद्धार गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार