दोस्रो चरणको चुनाव असार १४ गते गर्ने सरकारको निर्णय

काठमाडौं, १७ जेठ – सरकारले दोस्रो चरणको स्थानीय तहको निर्वाचन असार १४ गते गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले असार ९ का लागि तोकिएको निर्वाचन सार्दै आसार १४ गते गर्ने निर्णय गरेको हो ।

असार ९ गते रमजान पर्व परेको भन्दै मुस्लिम समुदायले निर्वाचन मिति सार्न आग्रह गरेका थिए । विभिन्न राजनीतिक दलहरुले पनि असार ९ गते उपयुक्त मिति नभएको प्रतिक्रिया दिएका थिए ।

प्रदेशनम्बर १, २, ५ र ७ मा दोस्रो चरणको चुनाव हुँदैछ । दोस्रो चरणको निर्वाचनमा ४ सय ६१ स्थानीय तहमा मतदान हुने छ । पहिलो चरणको चुनाव भने ३, ४ र ६ नम्बर प्रदेशमा गत बैशाख ३१ गते सम्पन्न भएको थियो । पहिलो चरणमा गत वैशाख ३१ गते २ सय ८३ स्थानीय तहमा मतदान भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार