ग्रीन सिटी बनाउनेदेखि जेष्ठ नागरिकलाई महानगरभत्ता विद्यासुन्दरको पहिलाे निर्णय

काठमाण्डौ  १७ जेठ -नेकपा एमालेकातर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित विद्यासुन्दर शाक्यले बुधबार पदबहाली गरेलगत्तै महानगरपालिकाले ११ बुँदे निर्णय गरेको छ ।

महानगरका मेयर शाक्यको अध्यक्षतामा बसेका पहिलो बैठकले काठमाडौं महानगरपालिकालाई ग्रीन सिटी बनाउनेदेखि जेष्ठ नागरिकलाई बार्षिक १२ हजार महानगरभत्ता उपलब्ध गराउने निर्णय गरेको छ । ८० वर्ष उमेर पूरा भएका पुरूष  ७५ वर्ष पूरा भएका महिला वरिष्ठ जेष्ठ नागरिकलार्इ महानगरपालिकाको तर्फबाट वार्षिक १२ हजार महानगरभत्ता उपलब्ध गराउने र उनीहरूलार्इ घरदैलोमा नै दक्ष चिकित्सकसहितको टोली पठार्इ स्वास्थ्य परीक्षण गर्ने कार्य तत्काल थालनी गर्ने निर्णय गर्ने बैठकले गरेको छ ।

काठमाडौंमा बढ्दै गएको धुँवा धुलोको प्रदुषण न्यूनीकरण गर्न प्रभावकारी कार्ययोजना र निश्चित जिम्मेवारीसहित साधन स्रोतको अधिकतम परिचालन गरी ‘क्लिन द सिटी’ अभियान थालनी गर्ने पहिलो बैठकले निर्णय गरेको छ ।

यस्तै, बैठकले २०७२ साल वैशाख १२ को भूकम्पबाट पीडित महानगरवासीका निजी आवासीय प्रयोजनका घर निर्माण गर्दा निःशुल्क परामर्श सेवा र भवन निर्माण इजाजत दस्तुरमा शत प्रतिशत छुट सुविधान उपलब्ध गराउने निर्णय गरेको छ ।

यस्तै, काठमाडौं महानगरपालिका क्षेत्रभित्रका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय क्षेत्र, महत्वपूर्ण सार्वजनिकस्थल र पार्कहरुमा फ्रि वाईफाई जोनको ब्यवस्था गर्ने पनि वैठकले निर्णय गरेको छ ।
भूकम्पले भत्किएको महानगरपालिकाको बागदरबारस्थित भवन निर्माणको कार्य तत्कालन शुरु गर्ने पनि बैठकले निर्णय गरेको छ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार