राजस्व विभागका महानिर्देशक शर्मा अख्तियारको नियन्त्रणमा

काठमाडौं , १९ जेठ – आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्मालार्इ अख्तियार दुरुपयोग अनुसन्धान विभागले नियन्त्रणमा लिएको छ ।

राजस्व हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि उनलार्इ शुक्रबार नियन्त्रणमा लिएको हो । कर फर्छ्योट सम्बन्धी विषयमा आयोगमा बयान दिन गएका शर्मालाई त्यहीँबाट पक्राउ गरिएको हो।

विभिन्न फर्मलाई अर्बौं रुपैयाँ छुट दिएको पाइएपछि अख्तियारले शर्मामाथि अनुसन्धान गरिरहेको छ । अर्बौंको अनियमिततताको आशंकामा उनलाई नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जानकारी दिएको छ ।

के हो कर फछ्र्यौट प्रकरण ?

सरकारले दुई वर्षअघि लम्बुध्वज महतको संयोजकत्वमा उमेशप्रसाद ढकाल र शर्मा सदस्य रहेको कर फछ्र्यौट आयोग बनाएको थियो । यो आयोगमा १ हजार ७२६ निवेदन परेको थियो, जसमध्ये १ हजार ६९ उजुरीमाथि कारबाही गरी कर बक्यौता मिनाहा दिने निर्णय गरेको थियो ।

३० अर्ब ५२ करोड बराबरको निवेदन फछर्यौट गर्ने क्रममा आयोगले ९ अर्ब ५४ करोड तिर्न लगाएर २० अर्ब बढी बक्यौता मिनाहा गरेको थियो ।

महालेखा परीक्षकको कार्यालयले यसमा प्रश्न उठाएको थियो । उक्त बक्यौता विवादित भएर पुरनरावलोक वा मुद्दामा गएको नभई करदाताले अटेर गरेर नबुझाएको रकम भएको महालेखाले बताएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार