काठमाडौं , १९ जेठ – सन् २०१७ को ‘मिस नेपाल’को उपाधी मोरङ उर्लाबारीकी २० बर्षिया नीकिता चन्दकको पोल्टामा गएको छ । होटल अन्नपूर्णमा आयोजना भएको यो बर्षको ‘मिस नेपाल’मा उनले अन्य १८ जना प्रतिस्पर्धीलाई पाखा लगाउँदै उपाधी हात पारिन् । अब उनले ‘विश्व सुन्दरी’ प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत पाएकी छिन् । उनलाई सन् २०१५ की मिस नेपाल अश्मी श्रेष्ठले ताज पहिर्याइदिइन् ।
दी हिडेन ट्रेजरको आयोजनामा भएको २२ औं मिस नेपाल विजेता निकिताले आगामी मिस वर्ल्डमा सहभागी हुने अवसर पाउनेछिन् ।
यसैगरी मिस नेपाल अर्थ रोजिना श्रेष्ठ, मिस नेपाल इन्टरनेसन निति शाह र मिस एसिया प्यासिफिक इन्टरनेसनलको उपाधि सहारा बस्नेतले जितेकी छन् ।
मोरङकी सुन्दरीले सबैको अनुमानलाई उल्टो साबित गराइदिइन् । राष्ट्र बैंकका गर्भनर चिरञ्जिबी नेपालले ‘महिलाले देशको आर्थिक विकासमा कस्तो योगदान गर्न सक्छन्’ भन्ने प्रश्न सोधेका थिए । जसको जवाफ चन्दकले अरुको भन्दा उत्कृष्ट जवाफ दिदै उपाधि जितेकी हुन् ।
https://www.youtube.com/watch?v=gVrk5UkNIaU