प्रचण्डको प्रस्ताव रामचन्द्रको समर्थकमा देउवाको उम्मेदवारी दर्ता

काठमाडौं, २० जेठ – प्रधानमन्त्री पदका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी दर्ता भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव र कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारको समर्थनमा देउवाको उम्मेदवारी दर्ता भएको हो ।

कार्यव्यबस्था परामर्श समितिले शुक्रबार सार्वजनीक गरेको कार्य तालिका अनुसार प्रधानमन्त्री पदका लागि शनिबार बिहान ११ बजेदेखि दिउसो ४ बजेसम्म उम्मेदवारी दर्ता हुने छ । साढे ४ बजे अन्तिम नामावली प्रकाशन हुनेछ ।

कार्यतालिका अनुसार प्रधानमन्त्री पदका लागि भोली (आइतबार) निर्वाचन हुँदै छ । अहिलेसम्म विपक्षी दल एमालेले उम्मेदवारी दिने वा नदिने निर्णय गरेको छैन् । एमालेले उम्मेदवारी नदिए देउवालाई मुलुकको ४० औं प्रधानमन्त्री बन्न बाटो सहज हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार