जापानमा रहेका युवाको सक्रियतामा उत्कृष्ट गीत नरोइ बसे सानु (भिडियो सहित )

अभिनयमा सञ्चारमर्की सुवास कँडेल र सारीका के.सी

कृष्ण आचार्य-काठमाण्डौ,सञ्चार क्षेत्रमा आधा दशक भन्दा लामो अनुभव भएका बागलुङका युवा सुवास कँडेलले आफ्नो परिवार छोडेर जान भने लागेका होइननी उनले अभिनय गरेको नयाँ गीतमा उनले सारीकालाई त्यस्तो भनेका हुन ।
यस अगाडी पनि केहि गीतहरु मार्फत अभिनय कला प्रस्तुत गरि सकेका मोडल तथा सञ्चाकर्मी कँडेलको नयाँ गीत म मरेर गए नी सार्वजनिक भएको छ । हामी सँग कुरा गर्दै मोडल कँडेलले आफ्नो यस अगाडीका गीतहरु जस्तै गीतलाई पनि  सबैले मन पराइदिनेमा आफु आशावादी रहेको हामीलाई बताउनु भयो ।
प्रदेशमा रहेर पछिल्लो समय गीत संगीतमा आक्रामक रुपमा प्रस्तुत भइरहेका नव सर्जक दिपक कँडेलको शव्द तथा जापानमै रहेका अर्का प्रतिभावान सर्जक प्रेम सापकोटा सोनुको लय सिर्जनामा रहेको सो गीतमा माया प्रेममा विछोड भए पछिका दुखान्त कुराहरुलाई प्रस्तुत गरिएको छ ।
बबइ म्युजिकले बजार व्यवस्थापन गरेको सो गीतमा प्रकाश खरालको आवाज रहेको छ भने उनलाई देवी घर्तिले साथ दिएकी छन ।
सुवास कँडेल र सारिका के.सीको अभिनय रहेको सो गीतको म्युजिक भिडियो निर्देशन कपिल लामाले गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार