प्रधानमन्त्री देउवाले ईश्वरको नाममा पद तथा गोपनियताको सपथ लिए (फोटोफिचर)

तीनजना उपप्रधानसहित आठ सदस्यीय मन्त्रिमण्डल

काठमाडौं, २४ जेठ – मंगलबार संसदबाट निर्वाचित भएका प्रधनमन्त्री शेरबहादुर देउवाले बुधबार पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष कार्यक्रमकामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई पद तथा गोपनियताको सपथ गराएकी हुन् । उनले इश्वरका नाममा सपथ लिएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ८ सदस्यीय  मन्त्रिमण्डल गठन गरेका छन् । देउवाले सपथ ग्रहणलगत्तै कांग्रेसका तीन, माओवादी केन्द्रका तीन र फोरम लोकतान्त्रिकका १ मन्त्री सम्मिलित मन्त्रिमण्डल विस्तार गरेका हुन् । उनीहरुलाई देउवाको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराइन् ।

शेरबहादुर देउवा, प्रधानमन्त्रीसहित हाललाई २३ मन्त्रालयको जिम्मेवारीमा
विजय कुमार गच्छदार, उपप्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री
कृष्णबहादुर महरा, उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री
गोपालमान श्रेष्ठ, उपप्रधानमन्त्री तथा शिक्षा
ज्ञानेन्द्र बहादुर कार्की, अर्थ मन्त्रालय
जनार्दन शर्मा, गृह मन्त्रालय
फरमुल्ला मन्सुर, श्रम तथा रोजगार मन्त्रालय
प्रभू शाह, विना विभागिय मन्त्री

सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानन्त्रीहरु निवर्तमान मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सुरक्षा अंगका प्रमुखहरु, कुटनीतिक नियोगका प्रमुखलगायतको सहभागिता रहेको थियो । (फोटोफिचर)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार