गुल्मी, २५ जेठ – गुल्मीमा एउटै पदमा एउटै घरका ससुरा – बुहारी फरक फरक पार्टीबाट उम्मेदवार बनेपछि चुनावी रौनकता फरक खालको बनेको छ ।
इस्मा गाउँपालिकाको वडा नम्बर ६ साविकको अमरपुरमा नेकपा माओवादी केन्द्रले ससुरा हुमबहादुर सार्कीलाई वडा सदस्यको उम्मेदवार बनाएको छ भने, कांग्रेसले उनकी बुहारी हुमकला सार्कीलाई वडा सदस्यमै उम्मेदवार बनाएको छ ।
अर्कातर्फ गुल्मीकै मुसीकोट नगारपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा कांग्रेसबाट यमबहादुर खत्री उममेदवार रहेका छन् भने, एमालेमा उनका भाइ ओमबहादुर खत्री वडामा अध्यक्षका उम्मदेवार बनेका छन् ।- नेपाल समाचारपत्र दैनिक