नेपाल–भारत सीमानाका चार दिन बन्द गर्ने निर्णय

सुनसरी, २५ जेठ  – असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत् बनाइराख्न भारतसँग सीमाना जोडिएका पूर्वी नेपालका विभिन्न जिल्लाहरुमा चार दिन सीमानाका बन्द गरी आवत–जावतमा रोक लागाइने भएको छ ।

निर्वाचन असफल बनाउन विभिन्न अपराधिक समूहहरु सक्रिय रहेको भन्दै नेपाल–भारत दुबै देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले असार १२ गतेदेखि १५ गते बिहान ६ बजेसम्म सीमानाका बन्द गरी आवत–जावतमा रोक लगाउने निर्णय गरेको हो ।

बिहीबार भारतको विहार राज्यस्थित सुपौल जिल्लामा सम्पन्न दुबै देशका सुरक्षा निकायकका अधिकारीहरुको बैठकले असार १२ देखि १५ गतेसम्म सीमानाका बन्द गर्ने निर्णय गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पाराजुलीले बताए ।

पूर्वी नेपालका सुनसरी, सप्तरी, सिराहा, मोरङ, झापा, इलामलगायतका जिल्लाहरुका सबै नाकामा आवत–जावत बन्द गरिने पनि पराजुलीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार