राजपा नेतृत्वको गठबन्धन पुनः आन्दोलनमा, निर्वाचनमा सहभागी नहुने

राजपाद्वारा आम हड्तालसहित आन्दोलन घोषणा, मनोनयन दर्ताका दिन लाठी जुलुस

काठमाडौं, २८ जेठ – राष्ट्रिय जनता पार्टी (राजपा) नेतृत्वको सङ्घीय गठबन्धनले आफ्ना माग पूरा नभएको भन्दै स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी नहुने घोषणा गरेको छ । असार १४ गते निर्धारित चुनावलाई लक्षित गर्दै राजपाले १० गतेदेखि अनिश्चितकालीन आमहड्ताल गर्ने निर्णय गरेको छ ।

उम्मेद्वारहरूकाे मनोनय दर्ताका दिन असार २ गते राजपाले गाउँपालिका र नगरपालिकामा अवस्थित निर्वाचन केन्द्रहरूमा तालाबन्दी गर्ने र लाठी जुलुस निकाल्ने बताएकाे छ । त्यस्तै असार ६ देखि १४ गतेसम्म निर्वाचन कार्यक्रममा अवरोध गर्ने उसले जनाएकाे छ ।

आन्दोलनका कार्यक्रम सार्बजनिक गर्न अाइतबार बिजुलीबजारमा आयोजित पत्रकार सम्मेलनमा राजपा नेता राजेन्द्र महतोले सरकारसँग वार्ताको औचित्य सकिएको बताए । तर, सरकारले मागहरु पूरा गरेको खण्डमा आफूहरु सहमतिमा आउन तयार रहेको राजपा नेता महतोले संकेत गरे ।

आइतबार बिजुली बजारमा आयोजित संक्षिप्त पत्रकार सम्मेलनमा महतोले भने-‘ हामी परिस्थिस्थितिलाई हेरि राखेका छौं, अब वार्ता कति गरीराख्ने ? सरकारले हाम्रा मागहरु पूरा गरोस् ।’ राजपा नेता जितेन्द्र सोनलले अान्दोलनका कार्यक्रमहरू पत्रकारलार्इ वाचन गरेर सुनाएका थिए ।

यसबीचमा आफ्ना माग सम्बोधन भएको खण्डमा सहमतिमा आउन तयार रहेको गठबन्धनले जनाएको छ । सरकारले सो गठबन्धनलाई निर्वाचनमा सामेल गराउन मिति सार्नाका साथै निर्वाचनसम्बन्धी कानुन संशोधन गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार