जेल सजाय तोकिएका पूर्व प्रहरी प्रमुख घरमै निर्धक्क सुविधासहित

काठमाडौं, २९ जेठ – सर्वोच्च अदालतले सुडान घोटालामा आर्थिक अपचलन गरेको भन्दै पूर्व प्रहरी महानिरीक्षकत्रय ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्यो ।

सर्वोच्चले वैशाख १७ मा गरेको फैसलामा राणालाई दुई वर्ष, चन्द र गुरुङलाई एक÷एक वर्ष कैद सजाय तोकिएको छ । तर अदालतले दोषी ठहर गरेको एक महिना कटिसक्दा पनि उनीहरु पक्राउ परेका छैनन् । उल्टै सरकारी सुविधा प्रयोग गरिरहेका छन् । स्रोतका अनुसार पूर्व प्रहरी महानिरीक्षकको हैसियतमा उनीहरुले प्रहरी प्रधान कार्यालयले उपलब्ध गराउने सबै सुविधा पाइरहेका छन् ।

स्रोतका अनुसार गुरुङले एक असई, एक हवल्दार, एक प्रहरी जवान र एक प्रहरीबाट कार्यालय सहयोगीका रुपमा सेवा लिइरहेका छन् ।राणाले पनि दुई हवल्दार, दुई प्रहरी जवानबाट सेवा लिइरहेका छन् । ठकुरीले एक असई, दुई प्रहरी जवान र एक प्रहरी कार्यालय सहयोगी राखिरहेका छन् ।

सुडानको डार्फरमा शान्ति स्थापनार्थ खटिएका नेपाली प्रहरीका निम्ति बन्दोबस्तीका सामान खरिदमा भ्रष्टाचार गरेको भन्दै सर्वोच्चले तीनै जनालाई दोषी ठहर गरेको थियो ।फ रार भनिएका तीनै पूर्वप्रहरी महानिरीक्षक काठमाडौं मै भेटिन्छन् ।त र प्रहरीले यसबारे थाहा नपाएजस्तो गरी अनौठो मौनता साधिरहेको छ ।- कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार