http://jagdambacement.com/

प्रहरी कार्यालयमा ढुङ्गामुढा प्रहार, पाँच राउण्ड हवाइ फायर

युवतीमाथि सामूहिक बलात्कार, कारबाहीको माग राख्दै चक्काजाम

महोत्तरी,२९ जेठ – महोत्तरीको जिल्ला प्रहरी कार्यालयमा स्थानीयले ढुङ्गामुढा गरेका छन् । आइतबार बेलुका महोत्तरीको अग्रहरमा रहेको व्युटिपार्लरबाट घर फर्कदै गरेकी १९ वर्षीय एक युवतीलार्इ चार जनाले सामुहिक बलत्कार गर्न खोज्दा स्थानीयले बलात्कारीमध्ये सुनिल साहलार्इ समातेर प्रहरीलार्इ बुझाएका थिए ।

प्रहरीलार्इ बुझाइएका सुनिल साहलार्इ प्रहरीले संरक्षण गरेको भन्दै स्थानीयले जिल्ला प्रहरी कार्यालयमा ढुङ्गामुढा गरेका हुन् । बिहान साढे दुर्इ बजेसम्म स्थानीयले ढुङ्गामुढा गरेपछि प्रहरीले तनावग्रस्त स्थितिलार्इ नियन्त्रणमा लिन पाँच राउण्ड हवाइ फायर गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलका अनुसार आइतबार राति ८ः३० बजेतिर औरही बजारबाट फुलबरिया गइरहेकी २१ वर्षीया एक युवतीलाई औरही बजारभन्दा ९०० मिटर टाढा बाटा छेउ चार युवाले सामूहिक बलात्कार गरेका हुन् ।

प्रहरी नायब उपरीक्षक पोखरेलले बलात्कारी चारमध्ये एकजनालाई राति नै पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको र भने पीडित युवतीलाई पनि उद्धार गरेर स्वास्थ्य जाँच गराई प्रहरीकै निगरानीमा राखिएको बताए ।

सो घटनामा संलग्न फरार तीन युवाको खोजतलास भइरहेको जनाइएको छ । नियन्त्रणमा रहेका साहलार्इ जबरजस्तीकरणी मुद्दा चलाइने पनि प्रहरी उपरीक्षक पोखरेलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार