७ बर्षीय बालक अपहरण मुक्त

काठमाण्डौ, २९ जेठ – बालक अपहरणमा संलग्न ३ जना अपहरणकारीलाई सर्लाही प्रहरीले सार्वजनिक गरेको छ । जेठ १५ गते साँझ अपहरणमा परेका ७ बर्षीय बालकलाई मंगलबार अपहरण मुक्त गराउन सफल भएको प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

File photos

अपहरणमा संलग्न रौतहट जिल्लाको गढिमाई गाउँपालिका १ का २२ बर्षीय अशोक यादव, सोही ठाउका १८ बर्षीय बिक्की यादव र रौतहट जिल्लाको देवाही गुनाह गाउँपालिका ३ का ३३ बर्षीय मोहन शाह कानु पक्राउ परेका हुन् । १० दिन पहिले आफ्नै घरको आँगनमा साँझ खेलिरहेको अवस्थामा सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ६ का गोरु ब्यापारी बेदबन्दी निवासी रामपुकार यादवका ७ बर्षीय छोरा राकेशकुमार यादवलाई उनीहरुले अपहरण गरेका थिए ।

अपहरणमा परेका बालकलाई मंगलवार राति प्रहरीले भारतीय प्रहरीको सहयोगमा भारतको सितामढी जिल्लाको घोडासनबाट सकुसल उद्धार गरेको थियो । ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीका अनुसार उनीहरुले ५० लाख फिरौती माग्दै बालकको अपहरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार