फेरि नेटवर्क ठगी धन्दाः चिकित्सक, इन्जिनियरदेखि चार्टड एकाउन्टेनसम्म सक्रिय

युनिटीपछि ‘क्युनेट’ नेटवर्कको डरलाग्दो ठगी

काठमाडौं, ३० जेठ – छोटो समयमा उच्च नाफा हुने प्रलोभनमा सर्वसाधारणको सात अर्बभन्दा बढी रकम ठगी गरेको युनिटी लाइफकै शैलीमा नेटवर्क ठगी धन्दा फेरि सुरु भएको खुलेको छ ।

चिकित्सक, इन्जिनियर र चार्टड एकाउन्टेन्टको सक्रिय संलग्नतामा नयाँ नेटवर्किङ धन्दा सुरु भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा खुलेको हो ।

डेढ वर्षदेखि नेपालमा क्यु नेट नेटवर्कको नाममा पिरामिड शैलीमा नेटवर्क धन्दामा संलग्न एक सय दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये १४ नाइकेलाई हिरासतमा राखिएको छ । हिरासतमा रहेकामध्ये कोही चिकित्सक, कोही इन्जिनियर र कोहाी चार्टड एकाउन्टेन्टसमेत रहेका छन् । (नागरिक दैनिक)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार