संसद सचिवालयमा भ्रष्टाचारः सद्दे गाडी थन्क्याएर १८ वटा नयाँ खरिद

काठमाडौं, ३१  जेठ – व्यवस्थापिका संसद सचिवालयले आफूसँग भएको सद्दे सवारी साधन बिग्रिएको देखाएर १८ वटा नयाँ किनेको छ । यसबाट राज्यलाई अनावश्यक करोडौं रुपैयाँको भार परेको छ । सचिवालय परिसरमा सयभन्दा बढी सवारी साधन त्यत्तिकै थन्किएर राखिएको देखिन्छ ।

ती गाडी सबैजसो प्रयोग गर्न योग्य भए पनि सचिवालयले नयाँ किन्न कै लागि ‘बिग्रिएका’ भन्दै प्रयोग नगरेको हो । लामो समयसम्म प्रयोग नगरी थन्क्याएर राख्दा केही गाडी मर्मत गर्नुपर्ने अवस्थामा पुगेका छन् ।

आफूसँग भएका गाडी प्रयोग ल्याउन छाडेर सचिवालयले १८ वटा नयाँ खरिद गरेको हो । खरिद गरिएका १८ गाडीमध्ये १२ स्कारपियो जिप शनिबार र तीनवटा ह्याच ब्याक कार सोमबार सचिवालयमा ल्याइएको छ । बाँकी तीनवटा कार पनि मंगलबार ल्याइयो । – नागरिक दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार