दैलेखको राकममा बस दुर्घटना: ११ को मृत्यु १८ घाइते

काठमाडौं, ३१ जेठ – कर्णाली राजमार्गको राकममा सवारी बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । कालिकोटबाट महेन्द्रनगर जाँदै गरेको ना ४ ख २९९८ नम्बरको यात्रुबाहक बस दैलेखको आठबीस नगरपालिका-४ भेलतढीमा बुधबार दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा ७ पुरुष दुर्इ महिला र एक बालक रहेका छन् । घाइतेमध्ये ११ जनाको अवस्था एकदमै चिन्ताजनक रहेको दैलेख प्रहरीले जनाएको छ । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

उनीहरुलार्इ थप उपचारका लागि दैलेख सदरमुकाम, सुर्खेत तथा नेपालगञ्जसम्म गाडीमा लैजाँदा ७ देखि १२ घण्टा लाग्ने भएकोले हवार्इ मार्गबाट उनीहरुलार्इ उपचारको लागि लैजान आवश्यक रहेको प्रहरीले जनाएको छ । दैलेखका प्रमुख जिल्ला अधिकारीको टोली घटनास्थलतर्फ गइरहेको छ ।

घाइतेहरुको अवस्था गम्भीर रहेकाले हेलिकोप्टरमार्फत् काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार